निकुञ्जका कर्मचारी मृत अवस्थामा भेटिए

संखुवासभा- मकालु बरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत अवस्थामा भेटिएका छन् । संखुवासभाको मकालु गाउँपालिका–३ स्थित हेदाङना गढीमा कार्यरत मकालु बरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत अवस्थामा फेला परेका हुन् ।

निकुञ्जका प्रथ प्रर्दशक ५० बर्षीय केशर बहादुर कार्की कार्यालय भन्दा केही माथि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

कार्कीलाई कार्यालयदेखि दुई तीन सय मिटर माथि स्थानीयले मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए । कार्की शनिबार बेलुकी कार्यालय हेदाङना गढीदेखि पानी बनाउन भनेर हिंडेका थिए ।

घटनास्थलमा सदरमुकाम खाँदबारीबाट प्रहरी निरिक्षक रामकुमार लामिछानेको टोली परिचालन गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.