प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आजपनि भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आजपनि भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेट भएको हो । भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ ।

यसअघि, हिजोपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको थियो । उहाँहरुबीच भेटको क्रममा गृहमन्त्री रवि लामिछाने पनि सहभागी हुनु भएको थियो ।

सिंहदरबारमा हिजो भएको भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भएको बताइएको छ । उहाँहरुबीच शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने विषयमा समेत छलफल भएको बताइएको छ ।

एमाले अध्यक्ष ओलीले शनिवार प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग लामो संवाद गरेपछि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओ‌लीबीच हिजो भेटवार्ता भएको हो । एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति देउवा श्रीमती आरजु देउवा राणासहित बालकोट पुग्नु भएको थियो ।

सभापति देउवा र अध्यक्ष ओलीबीच भएका छलफलका विषय सार्वजनिक नभएपनि यो भेटघाटलाई राजनीतिक बृत्तमा चासोका साथ हेरिएको छ । यद्यपी नेताहरुले यो भेटवार्ता नियमित भएको बताएका छन् ।

प्रमुख दलका शीर्ष नेताहरुको भेटवार्ताको पृष्ठभूमिमा सभापति देउवाले आज पदाधिकारी बैठक बोलाउनुभएको छ । बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा दिउँसो ३ बजे बस्ने गरी पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.