पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष भट्टको निधन

कञ्चनपुर- नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष कर्णदेव भट्टको ७६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्चरक्तचापबाट पीडित उहाँको भीमदत्त नगरपालिका–६ स्थित आफ्नै निवासमा आइतबार राति निधन भएको हो ।

रासस सञ्चालक समितिका पूर्वसदस्य भट्ट कञ्चनपुरबाट प्रकाशित फारवेस्ट टाइम्स दैनिकका पूर्वसम्पादक हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । उहाँको मङ्गलबार अन्त्यष्टि गरिने पत्रकार रुद्रराज पनेरुले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.