युवा पलायन रोक्न उद्यमशीलताको विकास जरुरी: मन्त्री भण्डारी

काठमाडौँ –  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा पलायन रोक्न उद्यमशीलताको विकासमा जोड दिनुभएको छ । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आज मन्त्रालयमा ज्ञापनपत्र बुझ्नुहुँदै उहाँले उद्यमशीलताको विकासले युवा पलायन रोक्न सघाउने बताउनुभयो ।

मन्त्री भण्डारीले उद्योग मन्त्रालय उद्यमशीलता विकासमा लागिपरेको बताउनुभयो । उहाँले युवामा देखिएको निराशालाई चिर्न सरकार लागिपरेको बताउनुभयो । “अहिले देखिएको निराशा चिरेर आशा जगाउनु सरकारको प्रमुख धेय हो, यसमा सबैको साथ र सहयोग आवश्यक छ, तपाईँहरूका सुझाव कार्यान्वयन गर्न पहल गर्छु”, मन्त्री भण्डारीले भन्नुभयो ।

मन्त्री भण्डारीलाई नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागका प्रमुख सीता थपलियासहितको टोलीले नेपाल सरकारको स्टार्टअपका लागि सहुलियत कर्जा उपलब्ध गराउने प्रतिबद्धता अन्तर्गत ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ले कर्जा आवेदकबाट नवीन पद्धतिको अपेक्षा गरेको देखिए पनि त्यस्तो नवीन पद्धतिको मापदण्ड स्पष्ट गरी स्टार्टअप नीति र सम्बन्धित कार्यविधि परिमार्जन गर्नुपर्ने लगायतका माग राखेर १७ बुँदे मागपत्र बुझाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.