नेपाल प्रेस युनियनद्वारा देशैभरका महासंघ कार्यालयमा धर्ना

काठमाडाै‌- नेपाल पत्रकार महासंघले नयाँ सदस्यता वितरणमा विधि, विधान र प्रक्रिया पालना नगरेको भन्दै नेपाल प्रेस युनियनले केन्द्रसहति सबै जिल्लामा आज धर्ना दिएकाे छ ।

महासंघले निर्वाचन प्रक्रियाका लागि  सदस्यता सार्वजनिक गरेकाेमा क्रियाशिल पत्रकारहरुले समेत नचिन्ने गरी गैर पत्रकारलाई महासंघको सदस्यता वितरण गरिएकाे भन्दै  नेपाल प्रेस युनियनले केन्द्रीय कार्यलयसहित देशैभरका कार्यलयमा ताला लगाएर आन्दाेलन शुरु भएकाे हाे ।

विधि र प्रक्रिया विपरित सार्वजनिक गरिएको नामावली खारेज गर्नुपर्ने तथा जिल्ला र प्रदेशबाट सिफारिस गरेका एवं योग्यता पुगी आवेदन दिएका सदस्यको सदस्यता कायम गर्नुपर्नाका साथै नविकरण छुटेका र मापदण्ड पुगेका पत्रकारको नविकरण नभएसम्म आन्दाेलन जारी रहने युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसीले जानकारी दिनुभयाे ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.