गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती भोलि मनाईंदै
काठमाडौं- नेपाली काँग्रेसले भोली मनाउन लागेको शान्ति प्रक्रियाका महानायक शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा मनाउन लागेको उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई लगायतका बिशिष्ट ब्यक्तित्वहरुको सहभागि रहने नेपाली काँग्रेस प्रचार बिभाग प्रमुख मीन बिश्वकर्माले जानकारी दिनु भयो ।
कार्यक्रममा क्रान्ति देखी शान्ति सम्म बिषयमा बिचार बिमर्श र क्रान्ति देखी शान्ति सम्म शिखर पुरुष गिरिजा प्रसाद कोइरालाले खेल्नु भएको भूमिकामा आधारित करिव १ सय ५१ वटा फोटोको समेत प्रदर्शन गरिने पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
बिहान ११ बजे देखी सुरु हुने उक्त कार्यक्रमलाई ब्यवस्थित र मर्यादित बनाउन आवश्यक स्वयम सेवकहरु परिचालन गर्ने ब्यवस्था समेत मिलाई सकेको बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्