नेपाली कांग्रेस पदाधिकारी बैठक : सभापति देउवाद्वारा एमालेसँग भएको समझदारीबारे जानकारी

काठमाडाै‌- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग भएको समझदारीबारे पार्टी पदाधिकारीहरुलाई जानकारी गराउनुभएकाे छ ।

बुढानीलकण्ठस्थित देउवा निवासमा  आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले एमालेसँग भएको समझदारीबारे देउवाले जानकारी गराउनुभएकाे हाे ।

एमाले र कांग्रेसबीचको समझदारीअनुसार बन्ने सरकारको नेतृत्व आलोपालो गर्ने सहमित हिजाे राति भएकाे थियाे ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस र एमालेबीच सत्ता साझेदारीको समझदारी राजनीतिक स्थिरताका कारण आवश्यक रहेकाले नयाँ समिकरण बनेकाे बताउनुभयाे ।

नेपाली कांग्रेसका प्रमुख सचेतक  रमेश लेखकले संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार बन्ने तयारी भइरहेकाे जानकारी दिनुभयाे । ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.