मधेस प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना आग्रह

काठमाडौँ- मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले उक्त प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री सिंहले हालै शिक्षामन्त्री श्रेष्ठलाई त्यससम्बन्धी एक पत्र हस्तान्तरण गर्दै सो आग्रह गर्नुभएको हो । उक्त शाखा सञ्चालनका लागि सहिद परिवारका कम्तीमा एकजना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्यापन गराउने प्रतिबद्धता जाहेर गर्दै ७५ वटा जिल्लाका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, अर्ध छात्रवृत्ति र पूर्ण शुल्क गरी तीन किसिमका कम्तीमा ५० प्रतिशत छात्रा भर्ना गरी बालबालिकाको शिक्षा पाउने अधिकारलाई प्रत्याभूति गराउने कटिबद्धता रहने पत्रमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.