गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कारबाट पत्रकार मरासिनी सम्मानित

कास्की- पत्रकार गोविन्द मरासिनी गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । पत्रकारिता मार्फत गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले नगदसहित मरासिनीलाई पुरस्कृत गरेको हो ।

पत्रकार मरासिनीले कदर पत्रसहित नगद रु ५० हजार प्राप्त गरेका छन् । विगत लामो समयदेखि पत्रकारितामा क्रियाशील पुतलीबजार नपा–३, स्याङ्जा निवासी मरासिनीले विशेष गरी युवा, पर्यटन, राजनीतिक र समसामयिक विषयमा राष्ट्रिय स्तरका विभिन्न सञ्चारमाध्यममा स्वतन्त्र रूपमा आफ्नो कलम चलाउँदै आएका छन् ।

उनले नेपालका प्रमुख पर्यटकीय गन्तव्य, साहसिक खेल, धार्मिक पर्यटन र ग्रामीण पर्यटन लगायतका विविध पर्यटन प्रवर्द्धनका लागि पत्रकारिताको माध्यमबाट काम गर्दै आएका छन् ।

अनलाइन पत्रकार सङ्घका सचिव समेत रहेका मरासिनीले विभिन्न समसामयिक विषयमा अनुसन्धानात्मक लेख समेत लेख्दै आएका छन् । यसअघि उनले सार्क यूथ लिडर अवार्ड, सङ्कटमा सक्रिय पत्रकारिता पुरस्कार लगायतका विभिन्न पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.