सहकारी छानबिन समितिः राजनीतिक दलसँग सहकारी समस्या समाधानका लिखित सुझाव माग गरिने

काठमाडौं- सहकारीमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय मान्यताप्राप्त दलहरुसँग सुझाव लिने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार समितिको बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग छानविनका लागि राजनीतिक दलहरुको सुझाव महत्वपूर्ण हुने भन्दै त्यसका लागि प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त दललाई सुझावका लागि पत्रचार गर्ने निर्णय गरेको हो ।

समितिको कार्यादेशमा टेकेर सहकारी क्षेत्रको समस्या समाधानका लागि लिखित रुपमा उपलव्ध गराउनका लागि पत्राचार गर्ने निर्णय गरिएको समिति संयोजक सुर्य थापाले जानकारी दिनुभयो ।

त्यस्तै बैठकमा राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारी र कर्मचारीसँग सहकारीसँग सम्बन्धित बिभिन्न बिषयमा छलफल भएको उहाँले बताउनुभयो ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.