धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा उत्तर प्रदेशमा ५० भन्दा बढीको मृत्यु

उत्तर प्रदेशको हाथरसमा एक धार्मिक कार्यक्रममा ५० भन्दा बढीको जनाको मृत्यु भएको छ । घटनाको मुख्य कारण धार्मिक कार्यक्रममा भागदौड हुनु हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःखद घटनाप्रति समवेदना प्रकट गर्दै घटनास्थलमा राहत कार्यलाई तीव्रता दिन जिल्ला प्रशासनलाई तत्काल निर्देशन दिनुभएको छ ।

उहाँले घाइतेलाई तत्काल अस्पताल पुर्या‍उन र उचित उपचारको व्यवस्था गर्न अधिकारीहरूलाई निर्देशन दिनुभयो ।

जिल्ला प्रशासनका अधिकारीहरूलाई ढिलो नगरी घटनास्थलमा पुग्न र राहत र उद्धार कार्यलाई तीव्रता दिनसमेत उहाँले निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.