गुल्मीमा २५ प्रतिशत धान रोपाइँ

गुल्मी- गुल्मी जिल्लामा २५ प्रतिशत धान रोपाइँ भएको छ । मध्य असार बित्दै गर्दा जिल्ला भर धमाधम धान रोपाइँ भइरहेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

गत वर्ष जिल्लामा यहिँ समयमा १२ प्रतिशत रोपाइँ भएको थियो । तर यसवर्ष असारको पहिलो साताबाट पानी पर्ने क्रम भइरहेकाले किसानहरु धानखेती रोप्न व्यस्त बनेका छन् ।

कतिपय स्थानमा धानको ब्याड समेत राख्ने गरेका छन् । जिल्लामा जेठको अन्तिम साताबाट रोपाइँ सुरु गरेर साउनको अन्तिम सातासम्म बर्खे धान खेती रोप्ने गर्दछन् । जिल्लामा कुल ९ हजार १५३ हेक्टरमा धान खेती गरिदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

त्यसमध्ये ४ सय ४५ क्षेत्रफलमा चैते धान रोपिदै आएको छ । जिल्लाभर रामधान, खुमल ४, खुमल ६, खुमल १०, हंसराज, मकवानपुर १, खुमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेका छन् ।

हाइब्रिड जातहरुमा च्याम्पियन, शंकर, उपज लगायत रहेका छन् । यसवर्ष कृषि ज्ञानकेन्द्रले रैथाने बाली संरक्षण गर्न भन्दै धानको बीउ समेत वितरण गरेको थियो ।

जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ । ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ ।

जिल्लामा सबैजसो ठाउमा सिंचाईको प्रयाप्त व्यावस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ । गाउँमा धेरै जनशक्ती बिदेसीदै जाने गर्नाले ज्याला मजदुरी गर्ने खेतालाहरु नपाएको भन्दै खेतीयोग्य जमिन बाँझो हुनेक्रम पनि वढ्दै जान थालेको छ ।

जिल्लामा धानखेती कालीगण्डकी गाउँपालिकाको अर्बेनी, कनौटा र छापचौर, सत्यवतीमा लिम्घा, अस्लेवा, खैरेनी ,साहाघाट र चेहमीका फाँटहरुमा रहेका छन् । त्यस्तै मुसिकोट नगरपालिकामा तल्लाफाँट, इन्दे्रगौडां, भुवाचिदि, वामीटक्सार, पौदीअरेवा, धान खेती हुन्छ ।

मालिका गाउँपालिकाको सिमलटारी, मदानेको सिर्सेनीको सिम, अग्लुङफेदी र भनभनेको तल्लो क्षेत्र, धुर्कोटको पनाहाखोला र छल्दीको आसपास, इश्माको चौरासी फाँट, हुलाके, छल्दीखोलाको र निस्ती खोलाको आसपासमा धान खेती गरिंदै आइएको छ ।

गुल्मीदरबारको गरमटारी, खरज्याङ, टारीफाँट र घोडाहाफाँट, छत्रकोटको खरज्याङ, मनवाग, अगाहा, उल्लिखोला रुरुको टाहाटिम, घिउँवेशी लगायतका क्षेत्रमा धान खेती गरिदैं आएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.