बजट कटौतीका कारण सूर्यविनायकमा अपेक्षा अनुसारको विकास भएन : सापकोटा

भक्तपुर- सूर्यविनायक नगरपालिका प्रवक्ता रविन्द्र सापकोटाले संघ र प्रदेशले दिने अनुदानमा कटौती भएका कारण अपेक्षा अनुरुप विकास गर्न नसकेको बताउनुभएकाे छ ।

राष्ट्रिय सञ्चार केन्द्रद्वारा आयोजित ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ मा वडा नम्बर ७ का वडाध्यक्ष समेत रहनुभएका सापकाेटाले संघीय सरकार र बागमती प्रदेश सरकारको अनुदानमा विगत २ वर्षदेखि केही कमी आएका कारण अपेक्षा अनुसारका विकास निर्माणका कार्य गर्न नसकिएको बताउनुभयाे ।
अनुदानमा कमी आएको भएतापनि नगरपालिका र वडास्तरबाटै त्यसको भर्पाइ गर्ने भरपुर प्रयास गरिएकोमा गरपालिकाकै बजेटबाट उनको आफ्नो ७ नम्बर वडाका विभिन्न सडकहरुको स्तरोन्नति गरिएको बताउनुभयाे ।
आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारले विभिन्न शिर्षकमा सूर्यविनायक नगरपालिकालाई ६२ करोड ८५ लाख रुपैयाँ अनुदान दिएको थियो । उक्त अनुदान चालू आर्थिक वर्षमा घटाएर ५५ करोड १४ लाख रुपैयाँ बनाइएको थियो । आगामी आर्थिक वर्षका लागि सूर्यविनायक नगरपालिकाका लागि संघीय सरकारले अनुदानका विभिन्न शिर्षकबाट ६० अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.