बेलायतमा लेबर पार्टीले भारी मतका साथ जीत हासिल गर्ने प्रक्षेपण

काठमाडौं- बेलायतमा भएको आम निर्वाचनको मतदान सकिएको छ । औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन बाँकी छ । तर विभिन्न मत सर्भेक्षणका नतिजाहरु भने धमाधम सार्वजनिक भइरहेका छन् ।

एक्जिट पोलको नतिजा अनुसार बेलायतमा यस पटक लेबर पार्टीले भारी मतका साथ जित हासिल गर्नेछ । इंग्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डका कुल ६ सय ५० सिटका लागि भएको निर्वाचनमा लेबर पार्टीले मात्रै ४ सय १० सिट जित्ने मत सर्भेक्षणहरुले देखाएका छन् ।

बहुमतका लागि ३ स २६ सिट आवश्यक हुन्छ । बेलायतमा प्रमुख प्रतिपक्षीका रुपमा रहेको लेबरपार्टीले यस पटक सरकार बनाउने मत सर्भेक्षणहरुले देखाएका छन् । लेबर पार्टीबार केयर स्टारमर यसपटक बेलायतको प्रधानमन्त्री बन्नु हुने लगभग निश्चित भएको छ ।

यस पटकको निर्वाचनमा सत्तारुढ दल कन्जरभेटिभ्स पार्टीको अवस्था निकै खस्केको मत सर्भेक्षणहरुले देखाएका छन् । कन्जरभेटिभ्सले केवल १ सय ३१ सिट जित्ने एक्जिट पोलको नतिजा छ । बेलायतमा १४ वर्षपछि लेबर पार्टी भारी बहुमतका साथ सत्तामा फर्किनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.