स्याङ्जामा खोला तर्ने क्रममा एकजनाको मृत्यु

स्याङ्जा – खोला तर्ने क्रममा स्याङ्जामा एकजनाको ज्यान गएको छ । पुतलीबजार नगरपालिका वडा नं.-०१ वीरेन्द्रनगर बस्ने वर्ष ७४ को तिलबहादुर भुजेललाई अर्गौदीखोला तर्ने क्रममा खोलाले बगाई घाईते भएकाेमा मृत्यु भएकाे हाे ।

खोलाले बगाएपछि उनको आफ्नै छोरा होमबहादुर भुजेलले उद्धार गरी उपचारकालागि जिल्ला अस्पताल स्याङ्जा लगेका थिए । भुजेलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृतकको शव सोही अस्पतालमा रहेको छ र यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै , अविरल वर्षाको कारण भिरकोट नगरपालिका वडा नं ०९ साउन्दीका चन्द्रबहादुर सिंजालीको दुइ तले कच्ची गोठ अविरल वर्षाको कारण भत्किएको छ । चौपायालाई कुँडो दिन जाने क्रममा गोठ भत्कदा निज चन्द्र बहादुर सिंजाली र निजकै श्रीमती ठकुकुमारी सिंजाली सामान्य घाईते भएका छन् । उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भईरहेको छ । गोठ भत्किँदा एक भैसी र २ वटा बाख्रा मरेको छ भने अर्काे एक भैंसी घाईते भएको छ ।
घटनास्थलमा प्रहरी चौकी कालिकाकोट स्याङ्जाबाट प्रहरी खटिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.