शुरु हुनासाथ मधेस प्रदेशसभा बैठक स्थगित

जनकपुर- बजेट पुनःलेखनको माग गर्दै मधेश प्रदेशसभाको  आजको बैठक सुरु भएको केही बेरमै स्थगन भएको छ ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री भरतप्रसाद साहले पेस गर्नुभएको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल हुने तय भएको थियो । बिहान ११ बजेका लागि बोलाएको उक्त बैठक ढिलो गरी सुरु भएको थियो ।

बैठक सुरु हुने बित्तिक्कै लोकतान्त्रिक समाजवादी पार्टीकी नेत्री रानी शर्मा तिवारीले यही असार १६ गते मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको र सो विषयमा सरकारको धारणा नआएसम्म बजेटमाथि छलफल गर्न नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “माग पूरा नभएसम्म बजेटमाथि छलफल हुँदैन ।”

प्रदेश सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगन गर्नुभए पनि अहिलेसम्म बस्न सकेको छैन । अहिले सभामुख मण्डलको उपस्थितिमा विभिन्न दलका नेता सम्मिलित बैठक प्रदेशसभा सचिवालयमा जारी छ ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोसपासहित चार दलले बुझाएको ध्यानाकर्षण पत्रको विषयमा आधिकारिक धारणा आएपछि मात्र बजेटमाथि छलफल हुने बताइएको छ ।

यही असार १ गते मधेस प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री भरतप्रसाद साहले आर्थिक वर्ष २०८१÷८२ का लागि रु ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारको बजेट प्रदेशसभामा पेस गर्नुभएको थियो । चालुतर्फ रु १६ अर्ब सात लाख एक हजार र पुँजीगततर्फ रु २७ अर्ब ८९ करोड १४ लाख ६९ हजारको बजेट सार्वजनिक गरिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.