कियर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त

एजेन्सी- बेलायतको नयाँ प्रधानमन्त्रीमा लेबर पार्टीका नेता कियर स्टार्मर नियुक्त हुनुभएको छ ।

बेलायतमा १४ वर्ष लगातार सत्ता चलाएको कन्जरभेटिभ पार्टीलाई निर्वाचनमा ठूलो अन्तरले पराजित गर्दै लेवरले फराकिलो जित हासिल गरे पछि नेता स्टार्मर प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

प्रधानमन्त्री बनेलगत्तै स्टार्मरले डाउनी स्ट्रिटमा आफ्ना समर्थकहरुको अगाडि पहिलो सम्बोधन गर्नुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री स्टार्मरले बेलायतमा आफूले आजैदेखि काम शुरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बेलायती संसदको तल्लो सदनका सदस्य चयनका लागि भएको आमनिर्वाचनमा वर्तमान प्रधानमन्त्री ऋषि सुनकको दल कर्जर्भेटिभलाई पराजित गर्दै लेवर दल सरकारको नेतृत्वमा पुगेको हो ।

दलको पराजयसँगै प्रधानमन्त्री सुनकले राजा चाल्र्स तृतीयलाई भेटेर राजीनामा बुझाउनु भएको थियो।

त्यस लगत्तै सुनकले प्रधानमन्त्री निवास डाउनस्ट्रिट बाट सम्बोधन गर्दै आफ्नो दलको नेताबाट पनि राजीनामा दिने बताउनुभयो । किअर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसद्को तल्लो सदनमा स्पष्ट बहुमतसहित विजय प्राप्त गरेको हो ।

संसद्को ६५० सिटमध्ये ४६७ सिट घोषणा हुँदा लेबर पार्टीले ३२६ सिट जितेको छ ।

निर्वाचनको अन्तिम मत परिणाम भने आज सार्वजनिक नहुने विविसीले उल्लेख गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.