विद्युतीय पोलबाट चिप्लिएर नहरमा खसेका एक मजदुर बेपत्ता

सप्तरी- सप्तरीको महादेवा गाउँपालिकामा विद्युतीय पोलबाट चिप्लिएर नहरमा खसेर एक मजदुर बेपत्ता भएका छन् । महादेवा-३ बथनाहाका २२ वर्षीय प्रदीप यादव बेपत्ता भएका हुन् ।

महादेवास्थित कोशीको पश्चिमी नहर किनारमा विद्युतीय पोलमा तार जडान गर्ने क्रममा उनी चिप्लिएर नहरमा खसेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिनुभयो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बेपत्ता यादवको खोजी गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.