गंगदी खाेलाकाे बाढीमा ट्याक्टर फस्दा एक जनाकाे मृत्यु

दाङ- दाङमा गंगदी खाेलामा आएकाे बाढीमा ट्याक्टर फसेर एक जनाकाे मृत्यु भएको छ । राजपुर गाउँपालिका-५ स्थित गंगदी खाेलामा ट्याक्टर फस्दा त्यसमा सवार साेही ठाउँ निवासी ५२ बर्षिय छेदिराम चाैधरीकाे मृत्यु भएको वडा अध्यक्ष टंकबहादुर बिष्टले जानकारी दिनुभयाे ।

ट्याक्टरमा चालकसहित तीन जना सवार थिए । खाेला तर्ने क्रममा खाडलमा ट्याक्टर फसेपछि सवार छेदिराम चाैधरीकाे खुट्टा फसेर बाढी डुबेर मृत्यु भएको जनाइएको छ । दुई जना सकुशल रहेपनि एक जनाकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक कालिका कार्कीले जानकारी दिनुभयाे ।

रा १ त २१६६ नम्बरकाे ट्याक्टर खाेला पार गर्ने क्रममा फसेकाे थियाे । ट्याक्टर चालक महेश यादव र राजकुमार चाैधरीलाई उद्दार गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.