पहिरोले तम्घास रिडी सडक अवरुद्ध, सरमुकामबाट ग्रामीण क्षेत्रमा पुग्ने सडक सम्पर्क टुट्यो

गुल्मी – अविरल वर्षासँगै गएको पहिरोले गुल्मीको रिडी तम्घास सडक अवरुद्ध भएको छ । जिल्लाको गुल्मीदरबार गा.पा. ४ बिरबास स्थीत रिडि- तम्घास सडक खण्ड ( मदन भण्डारी राजमार्ग ) मा माथिबाट ढुङ्गा माटो सहितको ठुलो पहिरोले बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।

अवरुद्ध बाटो बारे जानकारी र खुलाउनको लाग जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी सहायक निरीक्षक नवराज भट्टराईको कमान्डमा टोलि खटिएको प्रहरीले जनाएको छ । रिडी तम्घास सडक गुल्मी सदरमुकाम आउने मुख्य सडक हो ।

यो सडकमा अहिले स्तरउन्नती सहित निर्माण कार्य हुदै आएको छ । सडक निर्माणकार्य भइरहेकाले सवारी साधनहरुले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।

त्यस्तै वर्षाले रुरु-४ कालिका मोड स्थित रिडि-तम्घास पक्कि सडकखण्डमा अबिरल बर्षातको कारण बाटो माथी बाट पहिरो खसि बाटो अवरुद्ध भएको छ । अबिरल बर्षातको कारण पानिको वहाव बढ्न गइ तम्घास-सिमलटारि सडकखण्डमा पुर्ण रुपमा अवरुद्ध भएको छ ।

जिल्ला गुल्मी मालिका गाउँपालिका ७ घमिर खोला र वडानम्बर ६ फुलबारि खोलामा अबिरल बर्षारको कारण पानिको वहाव बढ्न गइ सिमलटारि-तम्घास सडकखण्डमा पुर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर -६ उर्लिखोलामा अबिरल बर्षारको कारण पानिको वहाव बढ्न गइ बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।

सत्यवती गाउँपालिका वडानम्बर -३ ठुलोलुम्पेक बस्ने वर्ष ३५ को रेशम पुलामीको ढुङगा माटो टिनले छाएको १ तले कच्ची घरमा माथीबाट ढुङ्गा माटो सहितको पहिरो आई घर पुर्ण रुपमा क्षति भएको छ । जिल्लाको सत्यवती-४ रुद्रवेणी वामी सडक खण्डको नदेवा खोलामा अबिरल बर्षात को कारण पानिको वहाव बढ्न गइ बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ । जिल्लाको गुल्मी चन्द्रकोट गाउँपालिका वडानम्बर- ८ टेलिमिल र मजुवा बजार स्थित अबिरल बर्षारको कारण माथी बाट ढुङ्गा माटो सहितको पहिरो आइ बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।

पानी पर्ने क्रम निरन्तर भइरहेकाले अवरुद्ध बाटो हटाउन समस्या भइरहेको छ । वर्षाले ग्रामीण क्षेत्रमा विद्युुुत आपूर्ति समेत बन्द भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.