मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा छजना मन्त्री पदमुक्त

धनुषा- मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई पदमुक्त गर्नुभएको छ ।
मन्त्रीहरुसँग राजीनामा माग गरिएको तर उहाँरूले राजीनामा नदिएपछि उहाँहरूलाई बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले बताउनुभयो । मुख्यमन्त्री सिंहले नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।
हालै नेकपा एमाले–नेपाली कांग्रेसबीच सत्ता साझेदारी गर्नेसम्बन्धमा लिखित सहमति भएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीलाई पदमुक्त गर्नुभएको हो । प्रदेशसभामा आज उहाँले विश्वासको मत लिने कार्यसूची छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.