मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दाङ- भालुवाङमा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

राप्ती गाउँ पालिका वडा नम्बर १ भालुबाङमा मिनि ट्रकको ठक्करबाट गढवा गाउँपालिका वडा नं १ निवासी ऐरावती आदर्श बहुमुखी क्याम्पसका सायक प्रसाशक सन्तोष कुमार योगीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

पश्चिमबाट पुर्व जाँदै गरेको रा १ ख २०६३ नम्बर को मिनी ट्रकले पुर्बबाट पश्चिम जादै लु १४ प ४१९९ मोटर साइकललाई ठक्कर दिदा मोटरसाइकल चालक योगीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका योगीलाइ स्थानीयले उद्दार गरि प्रस्तावित भालुबाङ अस्पताल पु¥याएका थिए । चिकित्सकले योगीलाई मृत घोषण गरेका थिए ।

योगीको शवलाई प्रस्तावित भालुबाङ अस्पताल राखिएको छ भने मिनी ट्रक र चालकलाई प्रहरी आफ्नो नियान्त्रण लिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.