संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार गठन हुन्छ : काँग्रेस

विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा उभिने निर्णय

काठमाडौं- नेपाली कांग्रेसले नेकपा (एमाले)सँग भएको सहमति कार्यन्वयनमा दृढ रहेने निष्कर्ष निकालेको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सहमतिमा दृढ रहने निश्कर्ष निकाल्दै अब बन्ने नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने त्यसका लागि सहमति अनुसार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार बन्ने बैठकपछि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

यस्तै बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिने पत्र संसद् सचिवालयमा दर्ता गराएको र त्यसको विपक्षमा उभिने निर्णय समेत गरेको नेता लेखकले जानकारी दिनुभयो ।

बैठकले कांग्रेस–एमालेबीचको राष्ट्रिय सरकार गठन गर्ने सहमतिको समर्थन गर्दै स्वागत गर्ने निर्णय समेत गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.