गाजापट्टीको एक विद्यालयमा इजरायली आक्रमणः १६ जनाको मृत्यु, कैयौं घाइते

काठमाडौं- गाजापट्टीको एक विद्यालयमा इजरायली सेनाले गरेको हवाई हमलामा १६ जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।

मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा हजारौं विस्थापित मानिसहरूले आश्रय लिइरहेको भवनमा भएको आक्रमणमा कयौं मानिस घाइते भएका छन् । घटनास्थलको दृश्य भयावह देखिएको छ ।

भग्नावशेषमा बालबालिकाहरु घाइते अवस्थामा चिच्याइरहेका र घाइतेहरुलाई उद्दार गर्ने प्रयास गरिरेका मानिसहरुको दृश्य सार्वजनिक भएका छन् । इजरायली रक्षा सेनाले भने अल जाउनी स्कुलको क्षेत्रमा रहेका संरचनाहरुबाट संचालित आतंककारीहरुलाई लक्षित गरी आक्रमण गरिएको जनाइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार विद्यालयको माथिल्लो तल्लालाई लक्षित गरी आक्रमण गरिएको छ । विद्यालय व्यस्त बजार नजिकै रहेको छ । आक्रमणबाट क्षतिग्रस्त भवनमा झण्डै ७ हजार मानिसले आश्रय लिइरहेका थिए । केही बालबालिका कुरान पढिरहेका बेला आक्रमणमा परी मारिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.