तनहुँमा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु

तनहुँ- अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा तनहुँको शुक्लागण्डकी र ऋषिङ गाउँपालिकामा गरी चार जनाको मृत्यु भएको छ ।

पहिरोले तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ काउरेमा घरमाथिबाट आएको पहिरोमा पुरिएर ४० बर्षीय हिरा नेपाली, ६५ बर्षीय स्याम अधिकारी र ३७ बर्षीया अनिशा वास्तोला रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी तनहुँ हाईड्रोपावरको सुरुङमार्ग बाहिर काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा लागेर ऋषिङ गाउँपालिका १ मालिङ्गा बस्ने ५० बर्षीय कृष्णबहादुर पुलामी मगरको मृत्यु भएको छ । टाउकोमा चोट लागेर उपचारको लागि दमौली अस्पताल लगिएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

शनिबार नेपालीको घरमा पहिरो खस्ने खतरा बढेपछि हिरा नेपालीको घरको सामान सार्ने क्रममा बास्तोला र अधिकारी समेत पहिरोमा पुरिएको तनहुँ प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिपककुमार रायले बताउनुभयो । पहिरो पन्छाउने कार्यमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय खटिएका थिए ।

पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीया रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् । घाइतेहरुको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.