बागमती प्रदेशः एमाले मन्त्रीहरुले राजीनामा दिँदै
मकवानपुर- नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । एमालेका मन्त्रीहरूले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई समर्थन फिर्ता लिएको पत्र बुझाउने तयारी गरेका छन् ।
शुक्रबार नै प्रदेश सरकारबाट बाहिरिने तयारी गरेका एमालेका मन्त्रीहरुले मुख्यमन्त्री जम्कट्टेल काठमाडौँमा रहेका कारण राजीनामा बुझाउन पाएका थिएनन् ।
मुख्यमन्त्री जमकट्टेल आज हेटौंडा आउँदै हुनुहुन्छ । मुख्यमन्त्री आउनासाथ राजिनामा बुझाउने एमालेको तयारी छ । चैत्र १७ गते जमकट्टेल नेतृत्वको सरकारमा सहभागी भएको एमालेले पाँच वटा मन्त्रालय सम्हालेको छ ।
प्रतिक्रिया राख्नुहोस्