बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलाई विश्वासको मत लिन दलको सुझाब

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तत्काल पदबाट राजिनामा नदिने हुनुभएको छ । आइतबार बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई संसदबाट विश्वासको मत लिन सुझाव दिएको हो । बैठकले मुख्यमन्त्रीले राजिनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले बताउनुभयो ।

गत चैत्र १७ गते एमाले सहितका माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादी र हाम्रो नेपाली पार्टी चार दलको सहमतीमा मुख्यमन्त्री बन्नु भएका जम्मकट्टेलले सरकार बनाउन आवश्यक ५६ मत मात्रै प्राप्त गरी विश्वासको मत लिनुभएको थियो । संसदका २ ठूला दल मिलेर सरकार बनाउने सहमतीपछि अल्पमतमा परेका मु्ख्यमन्त्री जम्मकट्टेलले संबैधानिक ब्यवस्था अनुसार सदनबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

एकसय १० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा कांग्रेस र एमाले मिल्दा नै ६४ पुग्छ । सरकार बनाउन आवश्यक ५६ मत जुटाउन मुख्यमन्त्री जम्मकट्टेललाई प्राय असम्भव छ । माओवादी केन्द्र सहितका बाँकी सबै दल मिल्दा पनि ४६ मत मात्रै पुग्छ । एमालेले राजिनामा बुझाएपछि मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने मिति तय हुने मुख्य सचेतक ढकालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.