पहिरोले भेडेटार–रवि–राँके सडक

धनकुटा– लगातारको वर्षाको कारण पहिरो जाँदा भेडेटार–रवि–राँके सडक अवरुद्ध भएको छ। दुई दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण पहिरो खसेर सडकमा थुप्रिएपछि यातायात अवरुद्ध बनेको हो। साँगुरीगढी गाउँपालिकास्थित कुइभीर र ओढारे भीरमा पहिरो खसेको हो।

पहिरोका कारण भेडेटार–राजारानी सडक खण्ड अवरुद्ध भएपछि सवारी साधन बीच बाटोमै रोकिएका छन्। चौबिसे गाउँपालिकाका विभिन्न स्थान तथा धनकुटा र तराई क्षेत्रमा जाने सवारी साधनहरु अलपत्र परेका हुन्। पहिरो हटाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवन कार्कीले बताउनु भयो।

अलपत्र परेका यात्रुलाई जेसीबीमार्फत सडक खुलाएर गन्तव्यतर्फ पठाउने प्रयास भइरहेको कार्कीले जानकारी बताउनु भयो। भेडेटारदेखि पाँचथरको रविसम्मको १०३ किमि लम्बाइको उक्त सडक भएर दैनिक दर्जनौं सवारी साधन सञ्चालन हुने गरेका छन्। कालोपत्र गर्ने अन्तिम तयारीमा रहेको उक्त सडक वर्षातले प्रभावित बनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.