निरन्तरको बर्षाले महँगो भयो तरकारी

काठमाडौँ- पछिल्ला दिनहरुमा लगातार बर्षका कारण देशभरका सडक अवरुद्ध हुदा त्यसको प्रत्यक्ष असर नेपालीको भान्सामा समेत पर्न गएको छ । मनसुन सक्रिय भई भारी बर्षाका कारण ढुवानी सेवामा अवरुद्ध हुदा तरकारीको मुल्य आकासिएको छ ।

कालीमाटी तरकारी तथा फलफुल बजार विकास समितीका अनुसार गत आइतबार सामान्य मुल्य रहेको गोलभेडा, घ्यू सिमी बोडी, प्याज, आलु लौका, करेला, परवर, ब्रोकाउली, बन्दा, काउली लगायत अधिकांश तरकारीको मुल्य एक सातामै उकालो लागेको छ ।
गत साता गोलभेडाको थोक मुल्य १० रुपैया थियो भने आइतवार एकसय रुपैया पुगेको छ । प्याजको मूल्य गतसाता ७० रुपैयाँ थियो भने आइतबार ९० रुपैयाँ पुगेको छ ।

यस्तै घ्युसिमी, बोडी ७० रुपैयाबाट ९० देखि १ सय १० रुपैया पुगेको छ । काउली आलु लौका, करेला, परवर, ब्रोकाउली, बन्दा लगायत अन्य तरकारीको मुल्य पनि २० देखि ५२ प्रतिशतले बृद्धि भएको कालीमाटी तरकारी तथा फलफुल बजार विकास समितीका प्रवक्ता
बिनय श्रेष्ठले जानकारी दिनभयो ।

अन्य समयमा दैनिक ६ सय देखि ७ सय टन तरकारी आउने गरेको कालिमाटीमा अहिले दैनिक करीव ४ सय टनमात्र भित्रिएको छ । कालिमाटीमा प्याज बाहेक यो मौसमको तरकारी छिमेकी जिल्लाहरु काभ्रे, मकवानपुर, चितवन, सर्लाही तथा धादिङबाट आउने गरेको छ । प्याज भने ९० प्रतिशत भारतबाट आयात हुदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.