कारागारका जेलर घुससहित अख्तियारको नियन्त्रणमा

पश्चिम नवलपरासी- कारागार कार्यालय पश्चिम नवलपरासीका कारागार प्रशासक (जेलर) एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगालबाट खटिएको टोलीले कारागार प्रशासकको रुपमा कार्यरत शाखा अधिकृत विनोद कुमार दत्तलाई एक लाख रुपैयाँ घुस र पचास हजार रुपैयाँ स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीलाई काम गरेबापत पाउने सेवा सुविधामा सहजीकरण गरिदिने भनी घुस लिएको अख्तियारले जनाएको छ । दत्तले सेवाग्राहीसँग घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारले निगरानी गर्दे आएको थियो ।

सोहि क्रममा कारागारमा रहेको उनकै निवासबाट उनलाई आइतबार अख्यितारको टोलीले नियन्त्रणमा लिएको हो । यस विषयमा थप अनुसन्धान भईरहेको अख्यितार स्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.