पहिरोले पूर्वी नवलपरासीका पहाडी क्षेत्र जोड्ने सडक अवरुद्ध

नवलपुर- विगत केहि दिनदेखि परेको अविरल वर्षाको कारण पूर्वी नवलपरासीको बुलिङ्गटार र बौदिकाली गाउँपालिका जाने मुख्य सडकहरु अवरुद्ध भएका छन् ।

लगातार परेको पानीले पहाडी क्षेत्र जाने सडकको कुमसोत पोखरी खण्डको पांग्रेमा गएको पहिरोका कारण विहीवार देखि सडक अवरुद्ध छ ।

पहिरो पन्छाउन नसक्दा दलदले र कावासोतीबाट कुमसोत हुँदै पहाड जाने सवारी साधनहरु चल्न सकेका छैनन ।

पूर्ण रुपमा पानी नरोकिँदासम्म पहिरो पन्छाउन नसकिने प्रहरीको भनाइ छ ।

त्यस्तै कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ ।

गैँडाकोट र बुलिङ्गटारको सिमानामा रहेको तरंगेको खोलामा आएको बाढीले खोलाको ह्युमपाइप बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.