प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको जिम्मेवारी

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने गरी दुई मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले पदबाट राजीनामा दिनुभएपछि सोमबार राष्ट्रपति पौडेलले उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोक्नुभएको हो ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उहाँहरुले सम्हाल्दै आउनुभएको उक्त मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.