पहिरोको जोखिममा बस्ति

धादिङ- उत्तरी धादिङस्थित रुबी भ्याली गाउँपालिकाको वडा नं–४ मा गएराती खसेको पहिरोका कारण रापा गाउँको पाँच घरमा क्षति पुर्याएको छ भने अन्य २२ घर पहिरोको उच्च जोखिममा परेको छ ।
गाउँमाथि अवोइ हुँदै सेर्तुङतर्फ जाने सडक खनिएको र खनिएको बाटोमा पर्ने कोच्चोङ भिरमा वर्षाका कारण पहिरो खसेपछि गाउँ नै जोखिममा परेको स्थानीयको भनाइ छ ।
सो क्षेत्रका स्थानीय अहिले पहिरोको त्रासले घर छाडेर अन्यत्र बस्न थालेको स्थानीयको भनाई छ । अन्य क्षतिको विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । प्रहरी पहिरो गएको स्थानतर्फ जाँदै गरेको बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्