पहिरोले कोशी राजमार्ग अबरुद्ध
धनकुटा- अविरल वर्षाका कारण सडकका ठाउँठाउँमा पहिरो झरेपछि कोशी राजमार्ग अवरुद्ध बनेको छ । कोशी राजमार्गअन्तर्गत पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका-६ फेदी र घण्टेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
माटोको लेदोसहित खोलामा आएको बाढीले सडक पुरिएपछि मंगलबार बिहानदेखि कोशी राजमार्गमा सवारी आवातजावत बन्द भएको थियो । सडक खुलाउने प्रयास भइरहे पनि निरन्तरको बाढीका कारण समस्या भएकाले सडक खुल्न केही समय लाग्ने धनकुटाका प्रहरी प्रबक्ता राजबाबु महर्जनले बताउनु भयो ।
राजमार्ग अवरुद्ध भएपछि कोशी पहाडका धनकुटासहित भोजपुर, संखुवासभा, तेह्रथुम पुग्न सयौँ सवारीसाधन जाममा परेका छन् । त्यस्तै, लगातारको वर्षाको कारणले कोशी राजमार्गका १ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ ।
रुद्रबारी, गुठीटार लगायतका दर्जनौं स्थानमा पहिरो गएको छ । सडकमाथि थुप्रिएको माटोसहितको लेदो स्काइभेटरले पन्छाउने काम भइरहेको महर्जनले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्