भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री मोदी २२ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन  मस्को जानुभएको हो ।

भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री नरेन्द्र मोदी रूस र अस्ट्रियाको भ्रमणमा निस्केको जनाएको छ। मन्त्रालयका अनुसार भ्रमणको पहिलो चरणमा २२ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागितालगायत आवश्वक गतिबिधि बढाउने अवसरको साझेदारी बन्नेछ ।

रूसको भ्रमणपछि, प्रधानमन्त्री मोदी जुलाई ९ र १० मा अस्ट्रियाको ऐतिहासिक भ्रमणमा रहनुहुनेछ । यो भारतीय प्रधानमन्त्रीको ४१ वर्षपछिको अस्ट्रिया भ्रमण हो ।

यसअघि एएनआईसँग कुरा गर्दै विदेशमन्त्री एस जयशङ्करले यो भ्रमण प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनका लागि समयसापेक्ष तथा सम्बन्धबारे छलफल हुने बताउनुभएको थियो ।

दुई राष्ट्रको वार्षिक शिखर सम्मेलनमा केही ढिलाइ भएता पनि परम्परागत र बलियो इतिहास भएकोले उहाँले वार्षिक शिखर सम्मेलनको आवश्यकतालाई महत्त्व दिएको बताउनुभयो ।

रूसका लागि भारतीय राजदूत विनय कुमारले प्रधानमन्त्री मोदीले सोमबार नै रूसी नेता पुटिनलाई भेट्ने बताउँदै यो भ्रमण निकै महत्त्वपूर्ण भएको बताउनुभयो ।

भारतीय राजदूतले कार्यक्रममा रूसी राष्ट्रपति पुटिनसँगको निजी बैठक, प्रतिनिधिमण्डल स्तरको वार्ता, रोसाटम प्याभिलियनमा रहेको प्रदर्शनी केन्द्र भ्रमण र विभिन्न सम्झौतामा हस्ताक्षर र आदानप्रदान गर्ने तयारी गरिरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीको रुस भ्रमणको विवरण सार्वजनिक गर्दै विदेश सचिव विनय क्वात्राले सन् २०२२ मा उज्बेकिस्तानको समरकन्दमा भएको अनौपचारिक भेटपछि दुवै नेताले धेरै पटक फोनमा कुरा गरेको बताउनुभयो ।

भारत र अस्ट्रियाले कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा भएको प्रधानमन्त्री मोदीको अस्ट्रिया भ्रमणका अवसरमा उहाँले अस्ट्रियाका चान्सलर कार्ल नेहमरसँग दुई देशबीचको सम्बन्ध बलियो बनाउन र सहयोगका नयाँ आयामहरू खोजी गर्ने बिषयमा गहन छलफल गर्नुहुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.