मधेश प्रदेशमा माओवादी संसदीय दलका नेता हटाउन हस्ताक्षर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका बहुमत सांसदले मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

माओवादी केन्द्रका नौ जना सांसदमध्ये ६ जनाले हस्ताक्षर गरी सो प्रस्ताव दर्ता गराएका हुन् ।

यसरी प्रस्ताव दर्ता गराउनेमा संसदीय प्रमुख सचेतक फकिरा महतो, प्रदेशसभा सदस्यहरु जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारी रहेका छन् ।

असन्तुष्ट पक्षले दलका नेता साहमाथि गुटबन्दी गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.