नारायणी नदीमा तीन जनाको शव फेला

नवलपुर-  नवलपरासीको गैँडाकोट– १ नारायणी नदीमा तीनजनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैँडाकोट– १ मजुवा सामुदायिक वननजिक नारायणी नदी किनारमा दुई पुरुष र एक महिलाको शव सडेगलेको अवस्थामा भेटिएको हो ।

अहिले शव मुचुल्का उठाएर भरतपुर अस्पताल चितवनामा पाेष्टमाटमका लागि राखिएकाे छ । शवको पहिचान हुन सकेको छैन। उक्त शव बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.