सिराहाको नरहा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको नरहा गाउँपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा कार्यालयले नियोमेड इन्टरनेशनलसँग खरिद गरेको ५७ प्रकारका औषधीजन्य मालसामानहरुको नियम विपरीत भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदन बिना नै आपूर्तिकर्ताले पेश गरेको बिल बमोजिम छ लाख २० हजार ९६ रुपियाँ बराबरको औषधीजन्य वितरण नगरी÷नगराइ हानिनोक्सानी गराइएको भन्दै उनीहरु विरुद्ध मुद्दा दायर गरेको आख्तियारले जनाएको छ ।

तत्कालीन लेखापाल सुरेश कुमार कुसियैतले औषधीजन्य मालसामानहरुको बिल बमोजिमको रकम आपूर्तिकर्तालाई भुक्तानी गरेर सो बराबरको रकम हानिनोक्सानी पुर्‍याएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.