राप्रपा,जनमत र लोसपालाई पनि सरकारमा लैजाने गृहकार्यमा काँग्रेस-एमाले

काठमाडौँ–  प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले आगामी शुक्रबार विश्वासको मत लिने तयारी गरेसंगै संसदका दुई ठूला दल कांग्रेस र एमालेले सरकार निर्माणको तयारी गरेका छन् । अहिले सरकारमा रहेका र सरकार बाहिर भएका समेत दलहरुलाइ मिलाएर दुइ तिहाइ बहुमत पुग्ने गरी सरकार निर्माणको तयारी भइरहेको नेताहरुको भनाइ छ ।

अहिलेको संविधानले अस्थिर संसद् र सरकार मात्रै दिने देखिएको भन्दै कांग्रेस एमालेले संविधानमा सुधारको खाँचो औल्याउदै आएका छन् । साझा समस्या समाधानका लागि राष्ट्रिय सहमती नै खोज्ने गरी सरकार निर्माण हुने नेताहरुको भनाइ छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिइने गरी तयारी गरिएको नेताहरुले बताएका छन ।

नयाँ बन्ने सरकारमा जुनजुन दलहरू सहभागी हुन चाहन्छन्, तिनलाई सहभागी गराएरै अघि बढ्ने कांग्रेस एमालेको सहमती छ । सरकार निर्माणका लागि सात बुँदे सहमती गरेपनि सहमतीको बुदाँ सार्वजनिक नगरेका दलहरुले कांग्रेस एमालेका साथै लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी नेपाल लगाएतका दलहरुसंगपनि छलफल भइरहेको बताइए काँग्रेस नेता धनराज गुरुङले जानकारी दिनुभयो ।

संसद्‌मा दुई तिहाइ बहुमतका लागि १८४ सांसदहरूको आवश्यकता पर्छ । प्रतिनिधिसभामा कांग्रेसको ८८ र एमालेको ७८ सिट गरी दुइ दलको मात्र एक सय ६६ सदस्य रहेका छन । थप संख्या पुर्याउने र संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्नेगरी आन्तरिक तयारी समेत भइरहेको छ ।

संविधान संसोधनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा तत्काल कायम रहेका सदस्यहरुको दुईतिहाई मत आवश्यक हुने संवैधानिक व्यवस्था रहेको छ । कांग्रेस र एमालेले पहिलो चरणमा प्रतिनिधि सभामा दुइ तिहाइ बहुमत पुर्‍याउने प्रयास गरिरहेका छन ।

संसदका ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि पुग्ने गरी दुई तिहाइ बहुमतको सरकार बनाउने गरी गृहकार्य गरिरहेका छन् । दुइ दलका अतिरिक्त राप्रपा, जनमत, लोसपा सहितका दलहरुलाइ समेत सामेल गराएर अघि बढ्नेगरी तयारी भैरहेको नेताहरुले जानकारी दिएका छन ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.