मन्त्रालयको बाँडफाँट टुङ्ग्याउने अन्तिम गृहकार्यमा काँग्रेस-एमाले

एकैपटक सबै मन्त्री नियुक्त गर्ने तयारी

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको नयाँ सत्ता समीकरणअनुसार नयाँ सरकार गठनको प्रकृया सुरु हुनुअघि नै मन्त्रालय बाँडफाँटमा सहमति जुटाउने गरी दुई दल अघि बढेका छन् । असार २८ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । त्यसअघि नै मन्त्रालयको बाँडफाँट टुङ्ग्याउन दुई दल अन्तिम गृहकार्यमा जुटेका छन् । एमाले र कांग्रेसबिच समयमै मन्त्रालय बाँडफाँटमा सहमति जुटाई एकैपटक सबै मन्त्री नियुक्त गर्ने उनीहरुको तयारी छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसले लिएका मन्त्रालय सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्दा एमालेले लिने गरी मन्त्रालय बाँडफाँटको विधि अपनाइने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभएको छ । प्रमुख सचेतक लेखकसँग हाम्रा सहकर्मी निराजन खनालले गरेको यो कुराकानी ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.