बार्षिक ४५ अर्वको औषधी आयात (भिडियो)

काठमाडौँ-  सरकारले आन्तरीक औषधी उत्पादनलाई जोड दिने नीति अघि सारेको छ । तर बर्षेनि करीव ४५ अर्व बढीको औषधी आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

नेपालमा औषधिको कुल बजार करिब ६५ अर्बको हाराहारी रहेको बताइन्छ । जसमध्ये करिब ६० प्रतिशत औषधिको माग आयतित औषधिले पुरा गरेको छ भने करिब ४० प्रतिशतको हिस्सा स्वदेशी उद्योगको छ ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ११ महिनामा ३७ अर्व ६१ करोड बढीको औषधी जन्य वस्तु आयात भएको छ । गतबर्ष यही अवधिमा ४४ अर्व ६४ करोडको औषधी आयात भएको थियो ।

गतबर्षभन्दा यो बर्ष करीव ७ प्रतिशतले औषधीको आयात घटेको छ । पछिल्लो समय नेपालका औषधी उद्योगहरुको उत्पादन बृद्धि भएसँगै आयातमा केही प्रतिशत कमी हुदै आएको भनाई विभागको छ । Pause पुण्य बिक्रम खड्का, प्रवक्ता, भन्सार विभाग ।

अहिले नेपालमा पारासिटोमोल, दुखाइ कम गर्ने , खोकी, पुनर्जलीय उपचारका औषधि, पेटमा किरा पर्दा खाने औषधि, जुकाका औषधि, एन्टासिडहरू, एन्टिअल्सरेटिभहरू, मुटु र डायबिटिजका औषधि, न्युरो साइक्याट्री, स्टेरोइड्सहरू लगायतका औषधी मात्र उत्पादन हुने गरेको छ । अन्य सबै औषधी आयातमा निर्भर रहेको छ ।

औषधीको बजार पनि २० देखि २५ प्रतिशतले बृद्धि हुदै आएको छ । हाल नेपालमा २२ हजार बढी वटा खुद्रा पसल र ३ हजार ५ सय बढी थोक पसलबाट औषधीको कारोबार हुँदै आएको तथ्यांक छ । सबैभन्दा बढी औषधी जन्यवस्तु भारत, चीन, बेलायत, युनाईटेड अरव इमिरेट्स,अष्ट्रेलिया, जापान, जर्मनी, फिलिपिन्स लागयतका मुलुकबाट आयात हुने गरेको छ ।

यसैगरी नेपालबाट बर्षेनी अर्व बढीको औषधी निर्यात पनि हुने गरेको छ । चालु आर्थिक बर्षको ११ महिनामा १ अर्व ६८ करोड रुपैया वरावरको औषधी निर्यात भएको छ । गतबर्ष यस्तो निर्यात १ अर्व ६० करोडको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.