राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्रीले भोलि संसदमा माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्