मौसम विभाग: आउँदा तीन दिन अझैं ठूलो पानी पर्ने

काठमाडौँ- कञ्चनपुरमा यही असार २३ र २४ गते भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्न मौसम विज्ञान विभागको टोली त्यसतर्फ गएको छ । दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा चौबीस घण्टाको अवधिमा ६ सय २४ मिलिमिटर वर्षा रेकर्ड भएको थियो ।

नेपालमा वर्षा मापन थाले यताकै सबैभन्दा धेरै वर्षाको रेकर्ड भएको पाइएपछि विभागले यसबारे थप अध्ययन अघि बढाएको हो । यसैबीच देशभर तीन दिन अझैं ठूलो पानी पर्ने सम्भावना रहेकाले सचेत रहन विभागले आह्वान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.