लगातार परेकाे वर्षाका कारण विभिन्न स्थानमा पहिराे ,सडक अवराेध खुलाउने कार्य जारी (फोटो फिचर)

काठमाडाै‌ – लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी तथा पहिरो गएकाे छ भने राजमार्ग पनि अवरुद्ध भएका छन् ।

नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा शुक्रबार बिहान गएको पहिरो । उक्त सडकको पहिरो पन्छाइँदै छ । तस्बिरः नारायण अधिकारी÷रासस

नारायणगढ-मुग्लिन सडकखण्ड चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने यही सडकमा शुक्रबार बिहान साढे ३ बजेको समयमा पहिरो खसेको थियो ।

राजेन्द्र आचार्य, चितवन

पहिरोले २ वटा गाडी बगाउँदा २ यात्रुसहित २ वटा गाडी बेपत्‍ता भएका छन् भने सडक पनि अवरुद्ध भएको थियो ।

डुम्रे–बेसीसहर–चामे सडक अवरुद्ध
रासस
बुल्दीखोलामा बाढी आउँदा पार्किङ गरिराखेको दुई वटा बस पल्टिएको छ ।
 तस्बिर ः कृष्ण न्यौपाने÷रासस
भोजपुरको रामप्रसादराई गाउँपालिका–६ चिलाउनेटारमा ढुङगा झरेर अवरुद्ध भएको सडक । उक्त सडक अवरोध हुँदा धोद्लेखानी, ओख्रे, दलगाउँ र रामप्रसादराई गाउँपालिका केन्द्र बैकुण्ठे, भोजपुर सदरमुकाममा यातायातका साधन सञ्चालन गर्न र सर्वसाधरणलाई आवतजावत गर्न समस्या भएको छ । तस्बिरः युवराज विष्ट/रासस
तनहुँको भानु नगरपालिका–५ स्थित पुरन्डिही नगर अस्पतालमा बिहीबार राति झरेको पहिरोले पु¥याएको क्षति । अविरल वर्षाका कारण गएको पहिरोले अस्पताल भवन, प्रयोगशाला, प्रसूति कक्ष, पार्किङ गरी राखिएको गाडीमा क्षति भएकाले सेवा प्रवाहमा कठिनाई भएको छ । तस्बिरः सानेबहादुर नेपाली÷रासस
चितवनको इच्छाकामना–३ फिस्लिङ र मौवाखोलाको बीच सडकमा शुक्रबार बिहान खसेको पहिरो पछाइँदै । तस्बिरः हीरालाल गुरुङ/रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.