गाैतमबुद्ध बिमानस्थल अबरुद्ध, संचालनमा आउन केही समय लाग्ने

रूपन्देही- बुद्ध यएरकाे विमान रनवेमा चिप्लिएपछि भैरहवास्थित गाैतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थल अबरुद्ध बनेकाे छ। रनवेमा अड्किएकाे विमान निकाल्ने काम भएपनि अहिलेसम्म निकाल्न नसकिएको बिमानस्थल प्रसासनले जनाएको छ ।
बिमानलाई पन्छाउने काम भईरहेकाे बिमानस्थलका सुरक्षा ईन्चार्ज छविलाल खनालले जानकारी दिए।
उनका अनुसार बिमानस्थल सुचारू हुन अझै १/२ घण्टा लाग्न सक्ने अनुमान छ।
काठमाडौंबाट भैरहवा आएको नाईन एन एओसी जहाज बिहीबार राति ९ बजेतिर रनवेमा चिप्लीएको प्रहरीले जनाएको छ ।
भारी वर्षाका कारण अवतरणमा समस्या आउँदा बुद्ध यएरकाे जहाज चिप्लिएको थियो । उडान नम्बर ८०५ नम्बरको चिप्लिएको उक्त जहाजको प्राविधिक जाँचका लागि बुद्ध एअरको टोली भैरहवा आइपुगेको छ ।
काठमाडौंबाट भैरहवा आएको नाईन एन एओसी जहाज बिहीबार राति ९ बजेतिर रनवेमा चिप्लीएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.