गोरखामा ठाउँ-ठाउँमा पहिरो, अबरुद्ध सडक खुलाउने प्रयास जारी

गोरखा- गोरखा नगरपालिका-९, १२ र १३ मा खसेको पहिरो पन्छाएपछि गोरखा आवुखैरेनी सडक संचालनमा आएको छ ।

घैरुङ–गोरखा सडक खण्ड अन्तरगत शहिद लखन गाउँपालिका–६ खगी, गोरखा आरुघाट सडक खण्ड अन्तरगत गोरखा नगरपालिका–२ गरापानी, राइनस–जुम्लीचौतारा अन्तरगत शहिद लखन गाउँपालिका–४ रातमोटेमा खसेको पहिरो पनि पन्छाइएको छ ।

अहिले सडक अवरोध रहेको र संचालनमा आइसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै, गोरखा नगरपालिका–ठिगुरेस्वाँराका राम कुमार योगीको गोठ पुरिएको प्रहरीले जनाएको छ । सोही ठाउँका राजु गुरुङको घर पहिरोले जोखिममा परेको छ । शहिद लखन गाउँपालिका–७ ७ सुखौराका अर्जुन थापा एक तले कच्ची घरमा पनि वाढी पसेर भाडावर्तन र १५-१६ वटा कुखुरा पनि बगाएको छ ।

त्यस्तै गोरखा नगरपालिका–५ मानेपानि वस्ने शर्मिला अछामीको घर माथिबाट आएको पहिरोले जोखिममा परेको छ । त्यस्तै सोहि ठाउँका रमेश सिर्मलको घर र दयाराम सार्कीको भान्सा पनि जोखिममा परेको छ ।

गोरखा नगरपालिका–९ को एक खाजा पसल पनि पहिरोले पुरेको छ ।

शहिद लखन गाउँपालिका–४ वाझोगराका वेद प्रसाद तिवारीको गोठ रुख ढलेर क्षति पुर्‍याएको पहरीले जनाएको छ । शहिद लखन गाउाँपलिका चालिसेमा १ गोठ तथा गोरखा नगरपालिका–८ सिमलगैराका किसान नेपालीको घर आगनमा पनि पहिरोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

गोरखा नगरपालिका–८ आमडाडा्रँ स्थित सिम्लेचौरका देवि रानाले संचालन गर्दै आएको पशुपन्छि तथा कृषि फर्ममा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.