राष्ट्रपतिबाट संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौँ- राष्ट्रपति राम चन्द्र पौडेलले नयाँ सरकार गठनका लगि आह्वान गर्नु भएको छ ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको हो ।

संविधानको धारा ७६(२) मा दुई वा त्यो भन्दा बढी पार्टीको समर्थन पाउने दलको नेता प्रधानमन्त्री हुने व्यवस्था  रहेको छ ।

प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न  राष्ट्रपतिले असार ३० गते ५ बजे सम्म अर्थात ७२ घन्टा समय सीमा दिनु भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.