सडक छेउमा थुपारिएको निर्माण सामग्रीमा दुईवटा मोटरसाईकल चिप्लिंदा दुई जना गम्भिर घाइते

हेटौंडा- सडक छेउमा थुपारिएको निर्माण सामग्रीमा मोटरसाईकल चिप्लिदाँ दुई जना गम्भिर घाइते भएका छन् ।

शुक्रबार राती साढे नौ बजेको समयमा हेटौंडाबाट हर्नामाडी जाँदै गरेका दुईवटा मोटरसाईकल धरान चतारा खण्डको हेटौंडा–६ पुतलिबजार भुलभुले भन्ने स्थानमा सडक छेउमा थुपारिएको निर्माण सामग्रीमा चिप्लिएर दुर्घटनामा परेका थिए ।

दुर्घटनामा गम्भिर घाइते भएका बागमती प्रदेश ०३–००३ प ७१२६ नम्बरको मोटरसाईकल चालक हेटौंडा–१८ का सुमन दुलाल र सोही स्थानका बागमती प्रदेश ०३–००५ प ६३०९ नम्बरका चालक बिनायक दुलाललाई हेटौडा अस्पतालबाट थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

ढलको ढकन बनाउनका लागि सडक छेउमा थुपारिएको गिट्टीमा मोटरसाईकल चिप्लिएको स्थानीयले बताएका छन् । निर्माण कार्य गर्दा निर्माण समाग्री सुरक्षित तवरले राख्नुपर्ने दायित्वबाट निर्माण कम्पनी चुकेकोका कारण दुर्घटना भएको स्थानीय लक्ष्मी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.