मुग्लिन-नारायणघाटको जोखिम यात्रा कहिलेसम्म ? (तस्वीरसहित)

धादिङ- सामान्य बर्षा होस् वा चर्को घाम लागेको समय होस् पहिरो झरिरहने समस्या मुग्लिनदेखि नारायणघाटसम्मको यात्रामा सवारी चालक र यात्रुहरुले भोग्दै आएको वर्षौ बितिसकेको छ ।

पृथ्वी राजमार्गको यात्राका क्रममा जोखिम कहिलेसम्म मोल्ने, सवारी धनी र यात्रुहरुको गुनासो छ । सडक निर्माणको निहुँमा जथाभावी खनेर छाडिदिँदा र भौगर्भिक अध्ययनबिना नै सडक खन्ने कामको सुरुवात गर्दा यस्तो अवस्था आएको विज्ञहरुको भनाइ छ ।

मुग्लिन-नारायणघाट सडकखण्ड हुँदै तराईका जिल्लाहरु प्रवेश गर्दा सवारी चालक र यात्रुहरुले सडक माथिबाट खस्ने गरेको पहिरोका कारण ज्यान गुमाउनु परेको छ । यस्तै अवस्था अहिले नारायणघाटदेखि राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगासम्मै छ ।

यात्रु र चालकहरुले यात्राको जोखिम र कष्टप्रद मात्रै होईन ज्यान नै गुमाउनु परेको छ । सरकारले सडक निर्माण र स्तरोन्नतीका काम जुनसुकै समयमा गर्ने र मौसम अनुकूल नगर्दा थप समस्या आएको हो ।

त्यसमाथि यस वर्ष त सडक निर्माणको जिम्मा पाएका निर्माण कम्पनीहरुले जथाभावी सडक फराकिलो बनाउने निहुँमा पहाडका भित्ताहरु काटेर त्यतिकै छाडिदिँदा पनि यस्तो अवस्था आएको हो ।

पछिल्लो समय सडकको माथिल्लो भागमा भएका खोल्सा खोल्सीबाट अत्याधिक गेग्य्रान बगाएर ल्याउँदा पनि सवारी दुर्घटनाको जोखिम बढेको हो ।

शुक्रवार मात्रै पहिरो र गेग्य्रानसहित खसेको ढुङ्गा लाग्दा एक सवारी चालकको मृत्यु भएको छ भने दुईवटा यात्रुसहितको बस त्रिशुली नदिमा खसेर बेपत्ता भएको छ ।

भौगर्भिक अध्ययन विना खनिएका ग्रामीण सडकहरु यसरी बग्ने गेग्य्रान र लेदो प्रमुख कारण रहेको प्राविधिकहरुको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.