ट्रम्पद्वारा अमेरिकीहरुलाई एकजुट हुन आब्हान

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीहरुलाई एकजुट हुन आव्हान गर्नुभएको छ ।

पेन्सलभेनिया राज्यमा भएको एक चुनावी र्‍यालीमा सम्बोधनका क्रममा ट्रम्प माथि गोली प्रहार भएको थियो । घटनामा ट्रप्पको कानमा सामान्य चोट लागेको थियो ।

उपचारपछि ट्रम्प आफ्नो घर फर्किसक्नुभएको छ । तर बन्दुकधारीले किन ट्रम्पमाथि गोली प्रहार गरे भन्ने कुरा अझै रहस्यमय नै रहेको छ । प्रहरी अनुसन्धानले बन्दुकधारी २० वर्षीय युवक थोमस क्रुक्स रहेको पत्ता लगाएको छ ।

तर उनी कुन विचारधाराका मानिस हुन् भन्ने कुरा भने अझै खुल्न सकेको छैन ।

२० वर्षीय ती बन्दुकधारीको यसअघि त्यस्तो कार्यमा संलग्न भएको कुनै रेकर्ड भेटिएको छैन ।

एफबीआइले हत्याको प्रयास के कारणले गरे भन्ने बारे थप जान्नको लागि क्रुक्सको फोनबाट अनुसन्धान अघि बढाउने प्रयास गरिरहेको छ । क्रुसलाई घटना लगत्तै गोप्य सेवाले गोली हानी मारेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.